शान्ति निकेतनका कक्षा १० का विद्यार्थीलाई बिदाई
पाेखरा | फागुन २४, २०८०
पोखरा: पर्स्याङ स्थित शान्ति निकेतन माविका कक्षा १० का विद्यार्थीलाई बिदाई गरिएको छ ।
आगामी चैत १५ गतेदेखि सुरु हुने एसईईमा सहभागी हुने विद्यालयका १४ औं ब्याचका विद्यार्थीलाई कक्षा ९ का विद्यार्थीले विहीबार बिदाई कार्यक्रम आयोजना गरी शुभकामना दिएका हुन् ।
बिदाई कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य डा। महेश्वर पराजुलीले यस वर्षको एसईईमा सहभागी हुने सबै ४० जना विद्यार्थीलाई सफलताको शुभकामना प्रकट गरे ।
‘सबै विद्यार्थीहरुले राम्रो तयारी गर्नुहुनेछ । परीक्षामा उत्कृष्ट अंक ल्याउनुहुनेछ र शान्ति निकेतनको नाम चम्काउनुहुनेछ । इतिहास रच्नुहुनेछ ।’ डा। पराजुलीले भने – ‘उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीको उज्वल भविष्यको कामना गर्दछु । यो वास्तवमा बिदाई होइन, आगामी दिनको लागि शुभयात्रा हो ।’
प्राचार्य डा. पराजुलीले यो कक्षा नौ का भाइबहिनीबाट गरिएको शुभकामना कार्यक्रम भन्दै विद्यालयले छुट्टै फेरि भेटौँला कार्यक्रम आयोजना गर्ने जनाए ।
विद्यालयका सह–प्राचार्य यदुविलास भुर्त्याल, कक्षा १० संयोजक हेम सुवेदी, कक्षा ९ संयोजक अमर क्षेत्री, अनुशासन विभाग प्रमुख सुरज अधिकारी, अतिरिक्त क्रियाकलाप प्रमुख भुवानीप्रसाद अधिकारी लगायतले परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई राम्रो गर्न शुभकामना दिए ।
कार्यक्रममा कक्षा ९ का विद्यार्थीद्वारा संयुक्त रुपमा कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी खादा ओढाएर बिदाई गरेका थिए ।
कार्यक्रममा अदिति पराजुली, अंकिता कोइराला, स्वीकृति अधिकारी लगायतले बोलेका थिए ।
कक्षा नौका छात्र सफल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा छात्रा रस्मिता श्रेष्ठले स्वागत तथा छात्र अनुपम पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन कक्षा नौ कै छात्रछात्रा रवि गौतम र आरुषी आचार्यले गरेका थिए ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

